बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
२०७६ पुस १५ गते

पुष १५, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य २ सय रुपैंयाले बढेको हो ।
यस्तै तेजाबी सुन प्रतितोला ७३ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ भने, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलामा रु ८९० मा कारोबार भएको छ ।
सोमबार चाँदी तोलामा रु ८८५ रहेको थियो ।

२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








