साग फुटवलमा श्रीलंकासँग नेपालको बराबरी
२०७६ मंसिर १८ गते

मंसिर १८, काठमाडौं । दशरथ रंगशालामा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको फुटवल तर्फको दोस्रो खेलमा नेपाल र श्रीलंकाले बराबरी खेलेका छन् ।
खेलको पहिलो हाफको ४६ औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा कप्तान सुजल श्रेष्ठले गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । खेल भर श्रीलंकालाई दवावमा राख्न सफल नेपाल अन्तिम समयमा गोल खान पुग्यो ।
खेलको इन्जुरी टाइममा श्रीलंकाले फ्रिकिक पाएको थियो । उक्त फिकिकमा श्रीलंकन खेलाडीले आकर्षक फ्रिकिक प्रहार गरी खेललाई बराबरीमा ल्याए ।
null
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








