सहमति नहुने देखिएपछि पेलेरै विभाग गठन गर्ने देउवाको तयारी

मंसिर २१, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्। कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन्। 

‘चाँडै पार्टीको सबै सांगठनिक संरचनाले पूर्णता पाउँछन्’, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ, अब चाँडै गठन हुन्छन्।’ 

नेताहरूबीच पटक–पटक छलफल भए पनि भागवण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामो समयदेखि सहमतिको प्रयास गरे पनि कुरा मिलेको छैन। 

null

देउवा निकट एक नेताले भने, ‘जति छलफल गरे पनि सहमति नहुने देखिएपछि सभापति देउवा पार्टीको सबै सांगठनिक संरचनालाई पूर्णता दिने निष्कर्षमा पुग्नुभएको हो।’ ति नेताका अनुसार देउवाले एक साताभित्रै केही महत्त्वपूर्ण विभाग गठनको तयारी गरेका छन्। सभापति देउवाले विभाग गठन गर्नेबारे आफूनिकट नेतासँग परामर्शमा छन्। यो समाचार अन्नपूर्ण पोस्ट्ले  छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *