समयमै उपचार भयो भने पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ

महिलाहरुलाई सबैभन्दा बढि देखिने स्वास्थ्य समस्या भनेको पाठेघरको समस्या हो । पाठेघरमा हुने समस्यालाई बेलैमा निराकरण गरिएन भने क्यान्सर समेत हुने गर्दछ । जसले कालान्तरमा विरामीको मृत्यु पनि हुन्छ ।   

विराट मेडिकल कलेज शिक्षण अस्प्तालकी डा. मोना प्रियादर्शनी गाइनो रोग विशेषज्ञ हुन् । उनका अनुसार पाठघरको क्यान्सर हुन नदिन समयमै उपचार गर्नुको विकल्प छैन । डा. प्रियाका अनुसार महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर बढि मात्रामा हुन्छ ।   

डा. प्रियाका अनुसार नेपाल, भारत लगायत सार्क राष्ट्रका अविकसित मुलुकका अधिकांश महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको समस्या अत्याधिक मात्रामा छ । महिलामा पाठेघरको क्यान्सरसँगै स्तन क्यान्सर र यौनी क्यान्सर पनि हुने खतरा छ । समयमै उपचार भयो भने पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ । 

हेर्नुहोस भिडियो 

https://youtu.be/u_rXvEGbahY 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =