कास्की २ मतपरिणाम अपडेटः दोब्बर मतसहित विद्या भट्टराई अगाडि
२०७६ मंसिर १५ गते

मंसिर १५, कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छिन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ३ हजार ७ सय १ मतान्तरले अग्रता लिएकी छिन् ।
भट्टराईले ६ हजार ७ सय ९५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत प्राप्त गरेका छन् । सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धामा छन् ।
७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नं. २ मा ६४.४ प्रतिशत मत खसेको थियो ।
२०७६ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








