काठमाडौंको प्रदर्शनीमार्गबाट विप्लव समूहका १३ कार्यकर्ता पक्राउ

पुष १३, काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका १३ जना कार्यकर्तालाई काठमाडौंबाट पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । 

कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =