अवैध हुन्डीदेखि सुन तस्कर पौडेल र एसएसपीको कनेक्सन, आइजीपीलाई बेवकुफ बनाइदैँ !

मंसिर ३०, काठमाडौं । अवैध हुन्डीबाट अरबौंको कारोबार भइरहेको भए पनि प्रहरीले आँखा चिम्लने गरेको छ । काठमाडौंको न्यूरोडमा जयरत्न बचत तथा ऋण सहकारी संस्थामार्फत् बच्चु पौडेलका दाजुभाइले हुन्डीको कारोबार गर्दै आएका छन् । 

  

त्यसमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले पनि संरक्षण गर्दै आएको आरोप छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कमल श्रेष्ठले नै बच्चु पौडेललाई एसएसपी थापासँग समन्वय गराउने काम गरेका थिए । 

null

अरबौंको हुन्डी कारोबार गरी राष्ट्रको अर्थतन्त्र खोक्रो पार्ने पौडेलहरुको बारेमा आइजीपी सर्वेन्द्र खनाललाई पनि एसएसपी थापाले झुटो रिपोर्ट बुझाउँदै बेबकुफ बनाउँदै आएको स्रोत बताउँछ । उनीहरुको हुन्डी कारोबारमा संलग्लनता नभएको झुटो रिपोर्ट थापाले आइजीपीलाई दिंदै आएका छन् । याे समाचार साँघु साप्ताहिकले छापेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =