लागुऔषधसहित एकजना पक्राउ

पुष ७, पाल्पा । पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको हाइस गाडीलाई  तिनाउ गाउँपालिका– ३ दोभानमा प्रहरीले चेकजाँच गर्दा लागुऔषधसहित  बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।   

प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागुऔषध  ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *