१३ औं साग अपडेट : १० हजार मिटर दौडमा दीपकलाई कास्य पदक

काठमाडौं । १० हजार मिटर दौडमा दीपक अधिकारीले कास्य पदक जितेका छन् ।   

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको दौडमा अधिकारीले कास्य पदक जितेका हुन् । यस प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक र श्रीलंकाका स्वरणले रजत पदक जितेका छन् ।   

भारतीय खेलाडी सुरेश कुमारले १० हजार मिटर दूरी २९:३३.६१ समयमा पूरा गरे । श्रीलंकाका स्वरणले ३०:४९.२० समयमा निर्धारित दूरी पार गरे  । त्यस्तै, नेपालका दीपक अधिकारीले निर्धारित दूरी ३०:५०.०६ समयमा पूरा गरेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *