प्युठान नगरपालिका–२ मा नेकपा विजयी, घोराही १६ मा कांग्रेसको जीत

मंसिर १५, काठमाडौं । प्युठान नगरपालिका वडा नम्बर २ मा सत्तारुढ नेकपाका उम्मेद्वार मुक्ति पोखरेल विजयी भएका छन् ।   

आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार मोहनसिंह विष्टलाई २८४ मतले पछि पार्दै पोखरेल विजयी भएका हुन् ।   

कूल १९ सय ९५ मत खसेकोमा पोखरेलले ११ सय २७ मत ल्याउँदा विष्टले ८ सय ४३ मत मात्रै ल्याए । 

२५ मत बदर भएको थियो । 

घोराही–१६ मा नेपाली काँग्रेस विजयी 

दाङको घोराही वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी विजयी भएका छन् ।   

आफ्नो निकटतम प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका सुरेश बहादुर केसीलाई हराउँदै उनी विजयी भएका हुन् । १२ सय २२ मतका साथ डागी विजयी बन्दा केसीले मात्र ११ सय १७ मत ल्याए ।   

त्यस्तै नेकपाबाट टिकट नपाएर स्वतन्त्र उठेका जगलाल थारुले ७२० मत ल्याएका छन् । 

वडामा कूल खसेको ३ हजार २ सय २६ मत खसेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *