धर्नामा बसेका पत्रकारले लगाए अध्यक्षको कार्यकक्षमा ताला
२०७६ मंसिर २७ गते

फाेटाे फाइल
मंसिर २७, काठमाडौँ । शुक्रबार आन्दोलनरत पत्रकारहरु प्रेस काउन्सिल नेपालमा धर्ना बसेका छन् ।
पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत रहेका पत्रकारहरुले काउन्सिल अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरे ।
![]()
पत्रकारहरुले काउन्सिलमा विभेद विरुद्ध आफुहरुले राखेको माग मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत सम्बोधन नभएपछी आफूहरु धर्ना बस्नु परेको उनीहरुले बताए
प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको भन्दै आन्दोलनरत पत्रकारहरुले आरोप लगाएका छन् । प्रेस काउन्सिललाई उनीहरुले पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन् ।
२०७६ मंसिर २७ गते
प्रतिक्रिया








