राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी दर्ता पुस १७ गते

पुष २, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।   

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । 

७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ । 

२० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । 

मतदान भने माघ ९ गते हुनेछ । 

राष्ट्रियसभामा नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना  गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गराईसक्नु पर्नेछ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =