कास्की २ मा विद्या भट्टराईको जीत निश्चित !

मंसिर १५, काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) की उम्मेदवार विद्या भट्टराईको जीत सुनिश्चित भएको छ। 

कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् । 

मतपरिणाम अनुसार भट्टराईले २० हजार ७ सय ९७ मत प्राप्त गरेकी छन्। कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ६१ मत ल्याएका छन्। 

कास्की- २ मा विद्या भट्टराईको जित निश्चित, गणना गर्न बाँकी मतभन्दा अग्रता बढी

दुई उम्मेदवार बीचको मतान्तर ८ हजार ५ सय ३६ पुगेको छ। निर्वाचन कार्यालयका अनुसार हालसम्म ९‚ ११‚ १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाको मतगणना भइसकेको छ। त्यसैगरी मतगणना हुन बाँकी वडाहरूमा ४‚ ७ र ८ रहेका छन्। 

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए ।   

उनकोनिधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ नेकपाबाट रविन्द्रपत्‍नी विद्या भट्टराई उठेकी हुन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेस लगायत २१ जना उमेदवार छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =