पोर्चुगलमा तीन नेपालीकाे मृत्यु

पुष १, लिस्बन । पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा मृत्यु भएको छ । 

थापाको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए । 

यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मङ्गलबार करिब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ । 

Image result for नेपालीको मृत्यु

उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताए । 

मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *