सानिमा बैंकले ल्यायो ‘नयाँ वर्षमा डबल सौगात’ अफर

पुस १४, काठमाडौँ । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

 साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यो योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिने बैंकले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =