सीमा अतिक्रमण: विशेष दूत बनेर भारत जाँदै वरिष्ठ नेता माधव नेपाल
मंसिर १९, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा कुराकानी गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् ।
प्रधानमन्त्री केपी ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने गृहकार्य गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय उपलब्ध नगराउँदा जान पाएका छैन ।
नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिए ।
null
‘प्रधानमन्त्री ओलीले १५-२० दिनअगाडि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो। मैले हुन्छ भनें। परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ । मैले पनि भारतीय राजदूतसँग छलफल गरें । उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’, बैठकमा नेपाललाई उधृत गर्दै सचिवालयका एक सदस्यले भने ।
अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकमा दिल्ली जानका लागि अहिलेसम्म भएका तयारीका विषयमा संक्षिप्त जानकारी गराएको थियो । अन्नपूर्णबाट