फ्रान्स, बेलायत र क्यानडाका नेताहरुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यसरी बनाए हाँसोको पात्र, ट्रम्प भए रुष्ट

मंसिर ९, एजेन्सी । उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को ७० औं वार्षिक बैठक सकिएलगतै अहिले एउटा भिडियो निक्कै चर्चामा आएको छ। ब्रिटिश, फ्रेन्च र डच नेताहरू र राजकुमारी एनीबीच अमेरिकी राष्ट्रपति ट्रम्पका विषयमा भएको कुराकानीको भिडियो बाहिरिएसँगै चर्चा चुलिएको हो ।   

जुन भिडियोमा ट्रम्पका बारेमा कुराकानी गर्दै उनी हाँसो मजाक गरिएको छ । बीबीसीका अनुसार उक्त भिडियोमा बकिङ्घम दरबारमा आयोजित कार्यक्रमका बेला अचानक आयोजना भएको प्रेस सम्मेलन ४० मिनेटसम्म तन्काएको कारण अन्य कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रम्पबारे ठट्टा गरेको बताइएको छ। 

उक्त भिडियोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका राष्ट्रपति इम्यानुल म्यांक्रो ट्रम्प र बेलायती राजकुमारी एनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा कुरा गरेर हाँसेको देख्न सकिन्छ ।   

अन्य मानिसहरू ढिलो हुनुको कारण ट्रम्पले सो पत्रकार सम्मेलनमा धेरै बोल्नु रहेको बताएको सुनिएको थियो। पछि उनले राष्ट्रपति ट्रम्पको टोली कसरी हैरान भयो भनेका थिए। तर त्यसको सन्दर्भ भने स्पष्ट छैन। जुन सुनेपछि ती सबै हाँसेका थिए। बीबीसीले भनेको छ ।   

भिडियो सार्वजनिक भएलगतै उनले क्यानडाका प्रधानमन्त्री ट्रुडोको चरित्रबारे आलोचना गरेका छन् । ट्रम्पले भने, ‘उनी द्वैध चरित्रका छन्‘। मैले उनलाई असल व्यक्ति नै पाएको छु, तर यथार्थ के हो भने मैले उनले रक्षा मामिलालाई दिनुपर्ने, (२ प्रतिशत राष्ट्रिय जीडीपीको अनुपात) को विषय बताएको थिएँ। शायद त्यसले उनी खुसी थिएनन्।’ 

तर उता ट्रुडोले भने आफूहरू ट्रम्पको प्रेस सम्मेलनलाई लिएर नहाँसेको बरु ‘जी सेभेन’ समूहको अर्को बैठकस्थललाई लिएर हाँसेको बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *