जापानी टोलीसँग नेपाल निलो पराजित

२०७६ मंसिर २८ गते

मंसिर २८, काठमाडौँ । मैत्रीपूर्ण खेलमा जापानको यु–२३ फुटबल टोलीसँग नेपालको निलो टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली जापानी टोलीसँग ४–० गोलले पराजित भएको हो ।
भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टोलीविरुद्ध जापानी टोलीका लागि खेलको ३०औँ मिनेटमा मासिको सुगिताले गोल गरेका थिए । खेलको ४९औँ मिनेटमा सुगिताले नै जापानी टोलीका लागि दोस्रो गोल गरे । खेलको ६२औँ मिनेटमा टोशिकी सासाकीले तेस्रो गोल गरे ।
खेलको ७३औँ मिनेटमा तोसीकी सासाकीले चौथो गोल गरे । जापानी टोलीले आइतबार ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

२०७६ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित