साग क्रिकेटको उपाधि बंगलादेशलाई
२०७६ मंसिर २२ गते

मंसिर २२, पोखरा । साग महिला क्रिकेट आन्तरगत उपाधिका लागि आईतबार भएको खेलमा बंगलादेश विजयी भएको छ । श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले १३ औं साग अन्तरगत महिला टि–२० क्रिकेटको उपाधि जितेको हो ।
बंगलादेशले दिएको ९२ रनको लक्ष्य पछ्याउनदै जवाफी व्याटिङ गरेको श्रीलंकाले अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।
null
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








