साग पुरुष क्रिकेटः माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

मंसिर २०, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।   

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ७९ रन मात्र बनाउन सक्यो।   

माल्दिभ्सका लागि मोहम्मद रिसवानले १३ रन बनाए भने अलि इभानले १० रन बनाए। 

नेपालका लक्ष्मण राजवंशीले दुई विकेट लिए भने सुसन भारीले एक विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रनमा समेटिएकाे थियो। 

नेपालका लागि करण केसीले सर्वाधिक ४० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरेका थिए। खेलको तेश्रो नम्बरमा आएका आरिफ सेखले १७ रन जोडे । विनोद भण्डारी १९ रनमा आउट भए ।   

माल्दिभ्सका लागि लिम सफिगले ३ विकेट लिएका थिए भने अमिल मउरुफले २ विकेट लिएका थिए ।   

माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले फाइनलमा स्थान बनाएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =