फुटबलमा उपाधि जितेसँगै नेपालको स्वर्ण संख्या ५१ पुग्यो, कुन खेलाडीले कति स्वर्ण जिते ? (नामावलीसहित)

मंसिर २४, काठमाडौं । १३ औं साग अन्तर्गत पुरुष फुटबलमा साग च्याम्पियन्सिपको उपाधि जितेसँगै नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।   

आज दशरथ रंगशालामा भएको फाइनलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण जितेपछि स्वर्ण संख्या ५१ पुगेको हो । नेपालको लक्ष्य ५० स्वर्णको थियो ।   

आज भएको फाइनल खेलमा अविशेक रिजालले १६ ‍औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको ३६ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गरेको गोलमार्फत भुटानले पहिलो हाफअघि खेललाई १–१ को बराबरीमा पुर्योयो। 

नेपालका लागि सुनिल वलले गोल थप्दै जित सुनिस्चित गरे। ५३ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक गोल बन्यो ।  

नेपालका लागि स्वर्ण जित्ने खेलाडीको नाम र खेल 

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ 

२.कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर 

३.कराते (टिम काता,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की 

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ 

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ 

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का 

७.कराते (५० केजी मूनि) (अनु अधिकारी 

८.कराते (६७ केजी)( नवीन रसाइली 

९.कराते (६८ केजी)– सुनिता महर्जन 

१०. कराते (६८ केजी)– अनुपमा मगर 

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ 

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु 

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ 

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य 

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे 

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना 

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई 

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ 

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा 

२०.ट्रायथलन – सोनी गुरुङ 

२१.डुवाथोलन – हिमाल टमाटा 

२२. उसु (थाउलो) – विजय सिन्जाली 

२३. उसु (थाउलो) – सुस्मिता तामाङ 

२४. उसु (थाउलो)– दीपक हमाल 

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ 

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर 

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ 

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल 

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की 

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर 

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ 

३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ 

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह 

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ 

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी 

३६.उसु (५६ केजी) – जुनी राई 

३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की 

३८. गल्फ – सुवास तामाङ 

३९. गल्फ ( टिम इभेन्ट)(सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ 

४०. भारोत्तलन – विकास थापा 

४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह 

४२. म्याराथन – किरणसिंह बोगटी 

४३. कुस्ती (५५ केजी)– संगिता धामी 

४४. पौडी (४ सय मिटर फ्रिस्टाइल)( गौरिका सिंह 

४५. जुडो (५२ केजी मुनि)( देविका खड्का 

४६. बक्सिङ (५४ केजी)( मिनु गुरुङ 

४७. बक्सिङ (६४ केजी) – भुपेन्द्र थापा 

४८. जुडो (७८ केजी) – पुनम श्रेष्ठ 

४९. पौडी (१ सय मिटर फ्रिस्टाइल) – गौरिका सिंह 

५०. बक्सिङ (६० केजी) – सनिल शाही 

५१. फुटबल पुरुष 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =