रामदेवको आश्रममा प्रचण्ड पत्नी सीता

पुस ४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि पत्नी सीता दाहाललाई उपचारका लागि रामदेवको आश्रममा लगिएको छ ।   

छोरी गंगा दाहालले पछिल्लो केही वर्षदेखि नै अस्वस्थ रहेकी सीतालाई उचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको पतञ्जली योगपिठमा पुर्याएकी हुन् । गंगाले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी गराएकी हुन् ।  

तस्विरमा बाबा रामदेव र आचार्य बालकृष्णले सीतासँग भेट गरेको देख्न सकिन्छ । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् । 

सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पीडित छिन् । यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यसअघि पनि पत्नी सीतालाई उपचारका लागि विभिन्न देश डुलाइ सकेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *