च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रतिद्वन्द्वी नापोली

२०७६ मंसिर ३० गते

मंसिर ३०, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई प्रतिद्वन्द्वी पाएको छ । सोमबार भएको ड्रमा बार्साले नापोली पाउँदा म्यानचेष्टर सिटीले रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ ।
लिग साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको प्रतिद्वन्द्वी पाएको छ । चेल्सीले बार्यन म्युनिख र टोटनहृयामले लिपिङसँग प्रतिष्पर्धा गर्नेछन् । यता स्पेनिश भ्यालेन्सियाले एटलान्टा प्रतिद्वन्द्वी पाएको छ भने पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमण्ड र युभेन्टसले लायनसँग खेल्नुपर्ने भएको छ ।
प्रतियोगिताको पहिलो लेग १८, १९, २५ र २६ फेब्रुअरीमा हुने छ भने दोस्रो लेग १०, ११, १७ र १८ मार्चमा हुनेछ । लिगको सिजनको फाइनल ३० मेमा इस्तानबुलमा हुनेछ ।

२०७६ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित