उपत्यकासहित देशभर चिसो बढ्यो, हिमपातसँगै पानी पर्ने सम्भावना

मंसिर २५, काठमाडौँ । काठमडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै आज रातिबाट पश्चिमि निम्न चापीए प्रणालिको प्रभाब नेपालमा पर्ने देखिन्छ।                       

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलि र बाँकी भू–भागमा पनि आंशिक बदलि रहेको छ ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान 

null

मंसीर २५ गते   

दिउँसोः देशको पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलि रही पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ। 

रातिः देशको पश्चिम भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा सामान्य बदली रही पश्चिम भू–भागका  थोरै स्थानहरु र मध्य तथा पूर्वका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्कादेखि मध्ययम हिमपात हुने तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ । 

मंसीर २७ गते   

दिउँसोः देश भर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका केही स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ। 

रातिः देश भर सामान्यदेखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिम उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने संभाबना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *