जनप्रतिनिधिका अनुचित दबाब, एक वर्षमा एउटै स्थानीय तहमा आठ अधिकृत परिवर्तन

मंसिर २६, काठमाडौं । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।   

बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई काम गरेका अधिकृत भने जनप्रतिनिधिका अनुचित दबाब झेल्नुपर्ने तथा बजेट र योजनालगायतका नीतिगत निर्णयमा जनप्रतिनिधिले अनावश्यक भूमिका खोज्ने गर्दा काम गर्ने वातावरण नभएको बताउँछन् । 

जनप्रतिनिधिले भने झन्झटिलो प्रक्रिया देखाएर कर्मचारीले काम नगर्ने र जनप्रतिनिधिको भावनाअनुसार चल्न नसकेको बताउने गरेका छन् । सरकारले खटाउँदासमेत कतिपय कर्मचारी स्थानीय तहमा जान नचाहने गर्दा समस्या उत्पन्न भइरहेको बताइन्छ । त्यस्तै, गएका समेत छोटो समयमा नै सरुवा हुने गरेका छन् । जनप्रतिनिधिले आफूलाई अटेर गर्ने गरेको भन्दै सरुवा माग गरी आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत माग गर्ने गरेको मन्त्रालयल स्रोतको भनाइ छ । 

null

मन्त्रालयका अनुसार एक वर्षमा एउटै गाउँपालिकामा आठ जनासम्म प्रशासकीय अधिकृत परिवर्तन भएको पाइएको छ । यो समाचार  राजधानी दैनिकले छापेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *