सैपामका विद्यार्थीले पाए न्यानो कपडा

पुष २, चितवन ।  कालिका नगरपालिका ११ सैपाम स्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलवार न्यानो कपडा र स्टेशनरी बितरण गरिएको छ ।  

एमएडव्लु फाउण्डेशन र खैरहनी ८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसले सैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई सहयोग बितरण गरेको हो । बढ्दो जाडोका कारण यो ठाउँका विद्यार्थी न्यानो कपडाबाट बञ्चित थिए । सो विद्यालय र त्यहाँका विद्यार्थीको समस्या थाहा पाएपछि कालिका मोटरसाईकल पार्टस र एमएडव्लु फाउण्डेशनले विद्यार्थीका लागि एक थान स्वीटर, एक थान टाउजर तथा कापी, कलम बितरण गरेको हो ।  

कालिका ११ का वडाध्यक्ष दामाराम प्रजाको प्रमुख आतिथ्यतामा तथा कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सो सहयोग बितरण गरिएको थियो । सैपाम भौगोलिक हिसावमा बिकट नभए पनि त्यहाँ अहिले सम्म बिजुली पुग्न सकेको छैन् । पूर्वपश्चिम राजमार्ग अर्न्तगत गत खैरहनी नगरपालिका ९ सिमलटाँडीबाट करिब ९ किलोमिटरको दुरीमा सैपाम पर्दछ ।  

सहयोग बितरणका लागि चितवन अटोमोवाईल्स डिलर्स एसोसियसनका अध्यक्ष इश्वर श्रेष्ठ, खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी मुरली प्रसाद गजुरेल, कालिका मोटरसाईकल पार्टस टाँडी शाखा प्रमुख रामचन्द्र कोईराला, उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका सचिव नारायण महतोसहित पत्रकारको टोली सैमाप पुगेका थिए ।  

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाले भौतिक संरचना अभावका कारण दुई वटा कक्षालाई एउटै कोठामा राखेर पठनपाठन गराउँदा समस्या परेको बताए ।  सोही अवसरमा चितवन अटो मोवाईल्स डिलर एसोसियसनका अध्यक्ष इश्वर श्रेष्ठ र कालिका मोटरसाईकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले सैपाम विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि ५,५ हजार रुपैयाँ विद्यालयका प्रधानाध्यापक नविन गुरुङलाई हस्तान्तरण गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *