सेवाग्राही दिवसमा एण्ड्रिजले गरे आफ्ना ग्राहकसँग अन्तरक्रिया

मंसिर २७, काठमाडाैँ  । बिहिबार अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले  काठमाडौँमा आफ्नो चौथौँ सेवाग्राही दिवसको आयोजना गरेको छ । 

उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उप प्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरेका छन् । 

एण्ड्रिजले नेपालसँग ३ दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको छ । 

एण्ड्रिजले नेपालका ३० भन्दा बढी सम्पन्न तथा निर्माणाधीन आयोजना गरी लगभग १२ सय मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ । यस वर्ष मात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतीय प्रसारण लाईनमा जोड्न सफल भएको छ । 

हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) र मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ । 

हामी गौरवका साथ सम्झन चाहन्छौं कि हामी कुलेखानी जलविद्युत आयोजना, मध्य मस्र्याङ्दी जलविद्युत आयोजना तथा चिलिमे जलविद्युत आयोजनाहरुको सफलताका साथ निर्मांण एक दशक अघि सम्पन्न गरिसकेका छौं । 

जोसेफ उल्मरले आफ्नो स्वागत मन्तव्यमा भने कि “नेपालको विकासमा हामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौँ र हाम्रो संलग्नतालाई निरन्तरता दिँदै देशलाई विकासको मार्गमा डो¥याउने प्रतिवद्धता जाहेर गर्दछौँ ।” 

नेपालमा एण्ड्रिजको बढ्दो प्रतिवद्धता सँगै यसले सन् २०१७ मा काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेको छ र नेपालमा बिक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *