‘पार्टीभित्र गम्भीर छलफल भइरहेको छ, नेविसंघको विवाद चाँडै अन्त्य हुन्छ’

पुस ०९, काठमाडौं । नेपाली कांग्रेस विद्यार्थी संगठनका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटार पुगेका छन् ।   

नेविसंघको विबादलाई लिएर पार्टीभित्र किचलो भइरहेको बेला बुधबार विद्यार्थी संगठनका नेताहरुले नेविसंघको विवाद तत्काल अन्त्यको माग गर्दै वरिष्ठ नेता पौडेलको निवास पुगेका हुन् । 

वरिष्ठ नेता पौडेलले पार्टीले भातृ संगठनलाई चाडै पूर्णता दिने आश्वासन दिएको बुझिएको छ । उनले भातृ संगठनलगायतको बिवाद सामधान गर्न पार्टीभित्र गम्भीर छलफल भइरहेको बताएका थिए । 

कांग्रेसका वरिष्ठ नेता पौडेल भन्छन्ः नेविसंघको विवाद चाँडै अन्त्य हुन्छ

उनले केही दिन भित्र सबैलाई सम्मानजनक स्थान हुने गरी बिवाद मिलाइने वरिष्ठ नेताले विद्यार्थी नेताहरुलाई आश्वासन दिए । उनले भने, ‘नेविसंघलाई पूर्णता दिनको लागि नेताहरुबीच छलफल भइरहेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *