प्रभु बैंकको बाग्लुङ्गमा पनि एक्स्टेन्सन काउण्टर

  

पुस ११, बाग्लुङ्ग ।  प्रभु बैंक लि. ले जिल्ला प्रशासन कार्यलय बाग्लुङ्गमा पनि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।   

यस बैंकले  पौष ९ गते बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ मा स्थित जिल्ला प्रशासन कार्यालयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

बाग्लुङ्गका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले एक समारोहका विच उक्त काउण्टरको उद्घाटन गरेका हुन् ।   

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।   

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।   

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा ATM, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखाबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *