कारखानामा आगलागी

पुस ९, भारत । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ । नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

एउटा कारखानामा मध्यरातमै आगलागी भएको र अर्को कारखानामा बिहान सबेरै भएको उनीहरुले जनाएका छन् ।  आगलागी नियन्त्रण गर्न खटिएकामध्ये तीन अग्नि नियन्त्रकहरु भने घाइते भएका समाचारमा जनाइएको छ । 

नयाँ दिल्लीमा पछिल्लो समय आगलागीका घटना निरन्तर हुदै आएका छन् । गत सोमबार पनि कम्तीमा नौ जनाको ज्यान जानेगरी आगलागी भएको थियो ।  यही महिनाको सुरुमा भएको अर्को आगलागीको घटनामा परी अरु ४३ जनाको मृत्यु भएको थियो । 

दुवै घटनामा परी केही घाइते भएका छन् भने लाखौँको क्षति भएको छ । सुरक्षा  व्यवस्थामा कमी भएको कारण यसप्रकार आगलागी हुने गरेको सम्बन्धित अधिकारीहरुको भनाई रहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *