कीर्तिपुर प्रहरी बृत्तलाई मोटरसाईकल चोरी बिरुद्ध अर्को सफलता

पुस ३, काठमाडौँ । राजधानीबाट मोटरसाईकल चोरी गर्ने गिरोहहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोटरसाईकल चोरीको घटना बढे सँगै प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आईरहेको छ । सोही क्रममा महानगरीय प्रहरी वृत कीर्तिपुरले चोरीका ९ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको छ।  

राजधानीको चन्द्रागिरि, नागर्जुन, किर्तिपुरमा चोरी गर्ने गिरोहलाई वृत कीर्तिपुरले बिभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो । बजाज कम्पनीका २२० सिसि पल्सर चोरी गर्ने ११ जना सहित ९ मोटरसाईकल समेत बरामद गरेको छ । 

महानगरीय प्रहरी बृत्त किर्तिपुरका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-२ मैत्रिनगर बस्ने २४ वर्षीय मदन तामाङ, चितवनको भरतपुर महानगरपालिका-२४ नयाँबस्ती घर भई  चितवनको भरतपुर महानगरपालिका-२४ बुद्दन घर भई काठमाडौँ खसीबजार बस्ने २५ वर्षीय सोम सुनार, मकवानपुरको बाग्मती गाउँपालिका-३ घर भई ललितपुर बस्ने २२ वर्षीय सन्देश गोले रहेको बताए । 

प्रहरी नायव उपरीक्षक कामतीका अनुसार उनीहरुले नागार्जुन नगरपालिका-४ बाफलबाट बा ८४ प ११४२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल गत मंसिर १२ गते चोरी गरेका थिए।   

प्रहरी नायव उपरीक्षक कामतीले भने, ‘हामीले दोश्रो अप्रेसन अन्तर्गत ११ जना चोरीमा संमलग्न सहित ९ वटा चोरी भएका मोटरसाईकल वरामद गरिसक्यौ अरू पनि खोजी कार्य जारी छ म आए देखि ३२ वटा फेला पारिसक्यौ केही सवरी धनीहरूलाई समेत बुझाउने प्रक्रिया सुरू गरिसकेका छौ ।’ त्यस्तै काठमाडौँ चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने तामाङलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको छ । 

तामाङले बा ८४ प १०३३ नम्बरको २२० सिसीको पल्सर, ज १७ प १५०६ नम्बरको २२० सिसीको पल्सर चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले चोरी गरेको मोटरसाइकल समेत किर्तिपुर वृत्तमा राखिएको बताएको छ । 

बा ९३ प ३८४३ नम्बरको मोटरसाइकल चोरी गरेका बर्दियाको ठाकुरबाबा नगरपालिका-७ घर भई बुढानिलकण्ठ बस्ने राजु पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। 

त्यसैगरी पक्राउ पर्ने नवलपरासीको दुम्किबास नगरपालिका-९ घर भई सतुंगल काठमाडौं बस्ने २८ वर्षीय भरत थापा र चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २२ वर्षीय रिक्जेन मोक्तान,काभ्रेको रोशी गाउँपालिकाका २५ वर्षीय इन्द्रबहादुर तामाङ, सिन्धुलीको सुनकोशी गाउँपालिका-२ का २४ वर्षीय विक्रम भुजेल, काभ्रेको रोशी गाउँपालिका-६ घर भई कीर्तिपुर मच्छेगाउँ बस्ने २९ वर्षीय गणेश लामा, चितवनको भरतपुर नगरपालिका घर भई गुर्जुधारा बस्ने २० वर्षीय सन्दीप गुरुङलाई पक्राउ गरिएको बृतका  प्रहरी निरीक्षक सुशील के।सीले जानकारी दिए । 

प्रहरी निरीक्षक केसीकाअनुसार उनीहरुले चोरी गरेका बा ६७ प ६३७१ नम्बरको २२० सिसीको मोटरसाइकल, बा ७५ प १७९४ नम्बरको २२० सिसीकै पल्सर, बा ९४ प ३६४५ नम्बरको पल्सर, बा ४३ प ८०७४ र बा ६६ प २३३८ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । 

 प्रहरी निरीक्षक केसीले भने, ‘मोटरसाईकल चोरी गर्ने गिरोहले  कात्तिक २५ गते यी मोटरसाइकलहरु चोरी गरेका थिए, उनीहरुलाई हामीले चोरी केसमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *