संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी

मंसिर १५, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै नेकपाका तेजबहादुर पोखरेल विजयी भएका हुन् ।   

मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् ।  मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *