आर्चरीमा नेपालकाे खस्कँदाे प्रदर्शन, बंगलादेश अग्रस्थानमा

पोखरा २०, मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको छ । 

एकल तथा महिला पुरुष तर्फका सहभागि खेलाडीहरुले ७२ एरो प्रहार गरेका हुन् । एकल बिधा तर्फ नेपाली खेलाडी अन्तिम स्थानमा रहेका छन्। आर्चरीमा भारत प्रमुख दाबेदार टिम मानिए पनि भारत सहित पाकिस्तान प्रतियोगितामा सहभागि नभए पनि पहिलो दिनको र्याङकीङ राउण्डमा भने बंगलादेश पदकको दाबेदाबीको रुपमा प्रस्तुत भएको छ । बंगलादेशका सना मोहमत रुमन र भुटानकी कर्मा ओलम्पिक खेलमा सहभागि हुन छनौट भएका खेलाडीहरु समेत प्रतियोगितामा सहभागी भएका छन्। 

रिकर्भ पुरुष तर्फ बंगलादेशका सना मोहमत रुमन र महिला तर्फ बंगलादेशकै खातुम इति र्याङकिङ राउण्डमा अग्र स्थानमा रहेकाछन् । र्याङकिङ राउण्डमा ७ सय २० पुर्णङ्क रहेको खेलमा ७२ एरो प्रहार गर्दा रुमनले ६ सय ८६ अंक जोड्दा सोही इभेण्टमा महिला तर्फ भने खातुमले ६ सय ३२ अंक जोडिन् । 

Image may contain: 3 people, people on stage and outdoor

रिकर्भ पुरुष तर्फ भुटानका छिरिङ किनलेले ६ सय ६१ अंक जोड्दै दोश्रो स्थानमा रहे भने श्रीलंकाका सजिव डिसिल्वाले ६ सय ६० अंक ल्याउदै तेश्रो स्थानमा रहन सफल भए । त्यस्तै सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा माहानाज अफ्तर ६ सय २५ अंकका साथ दोश्रो स्थानमा रहन सफल भइन भने भुटानकी डेमा सोनमले ६ सय २४ अंक बटुल्दै तेश्रो स्थानमा रहन सफल भइन्। 

त्यसै गरी कम्पाउण्ड पुरुष तर्फको खेलमा भुटानका दोर्जी ताण्डिनले अग्र स्थान हासिल गर्दा सोही इभेनटमा महिला तर्फ भने बंगलादेशकी बानिक सुस्मिताले अग्र स्थानमा रहन सफल भइन्। ताण्डिनले र्याङकिङ राउण्डमा ६ सय ९६ अंक जोड्न सफल भएभने सुस्मिताले ६ सय ८५ अंक जोड्न सफल भइन् । त्यस्तै कम्पाउण्ड पुरुष तर्फ बंगलादेशका राना सोहेलले ६ सय ९० अंक ल्याउदै दोश्रो स्थान रहे भने बंगलादेशकै आसिम कुमारदासले ६ सय ८८ अंक ल्याउदै तेश्रो स्थानमा रहेका हुन् । महिला तर्फको सोहि इभेण्टमा बंगलादेशकी सुमा विश्वासले ६ सय ४२ अंक ल्याउदै दोश्रो स्थानमा रहिन भने श्रीलंकाकी दमयन्ती टक्सिलाले ६ सय ४५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भइन् । 

शनिबार देखि टिम तर्फ सेमिफाइनलका खेलहरु र एकल तर्फ भने क्वाटरफाइनलका खेलहरु हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए । नेपाली टिमका प्रशिक्षक बसन्त थकालीले प्रतियोगिता सुरु हुनु एक हप्ता अघि मात्र खेल सामाग्रिहरु आएकोले आफुहरुको खेल प्रर्दशन कमजोर हुन गएको जनाए । शुक्रबार भएको र्याङकिङ राउण्डका आधारमा टिम तथा एकल तर्फका देश तथा खेलाडीहरुको प्रतिष्प्रर्धा हुने भएको छ । 

पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भए पछि विहिबार उक्त खेलको उद्घाटन सहित अभ्यास खेल सुरु भएको थियो । उक्त खेल मंसिर २३ गतेसम्म चल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =