लियोनल मेसीले जिते छैटौं पल्ट बेलन डे अर

मंसिर १७, एजेन्सी । अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले किर्तिमानी छैटौं पटक बेलन डे अर जितेका छन् ।   

फ्रान्समा आयोजित विशेष समारोहमा मेसीले छैटौं पटक बेलन डे अर हात पारेका हुन् । सोमबार राति छैटौं पल्ट पुरुषतर्फको बेलन डे अर पाउँदा मेसीले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछाडि पारे । 

सन् २०१५ यता पहिलो पल्ट यो अवार्ड जितेका ३२ वर्षीय मेसीले समग्रमा भने छैटौं पल्ट यो पुरस्कार हात पारे । यसपल्टको उपाधि होडमा क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे । रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् । 

Image may contain: 1 person

पेरिसमा आयोजित कार्यक्रममा मेसी आफ्नी श्रीमती दुई छोरासँगै थिए । 

पछिल्लो १० वर्षमा उनले सन् २०१५ सँगै सन् २००९, २०१०, २०११ र २०१२ मा पनि यो अवार्ड जितेका थिए । उपाधि थापेपछि उनले भने, ‘म आफ्नो उमेरलाई लिएर सचेत छु अबको केही वर्ष राम्रो फुटबल खेलेर रमाउन चाहन्छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =