१३ औं साग अपडेट : ह्याण्डबलमा नेपालको विजयी सुरुवात
२०७६ मंसिर १८ गते

मंसिर १८, कास्की । साग अन्तर्गत बुधबार भएको महिला हृयाण्डबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९-१९ को फराकिलो अन्तरले पराजित गरेको हो ।
जितका लागि नेपालकी उमा राईले सर्वाधिक ८ गोल गरिन् । कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४ ४ गोल गरे । रञ्जना राईले २, बन्दना राई, शकुन्तला राई र रामकुमारी राईले समान १ १ गोल गरेका छन् ।
null
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








