भारतीय काँग्रेसकी महासचिव गान्धीलाई जरिवाना

पुस १४ लखनऊ । भारतीय काँग्रेसकी महासचिव प्रियङ्का गान्धीलाई चढाएर शनिबार साँझ अवकाशप्राप्त आइपीएस अधिकारी दारापुरीको घरमा लगिएको स्कुटरलाई लखनऊ ट्राफिक प्रहरीले ६ हजार १ सय भारतीय रुपैयाँको चलान काटेको छ । उक्त स्कुटरलाई राजस्थानका काँग्रेस विधायक धीरज गुर्जरले चलाएका थिए । 

प्रहरीका अनुसार ड्राइभिङ लाइसेन्स नहुँदा २५ सय भारु, हेल्मेटबिना चलाएको हुँदा ५ सय, ट्राफिक नियम उल्लङ्घन गरेकोमा ३ सय, खराब नम्बर प्लेटका लागि ३ सय र गलत तरिकाले गाडी चलाएको कारण २५ सय भारु जरिवाना गरिएको हो । 

शनिबार साँझ प्रियङ्का गान्धीले लखनऊमा पैदल मार्च गरेकी थिइन् । प्रहरीले यसबारे थाहा पाउने बित्तिकै सुरक्षा व्यवस्था बढाएको थियो । 

Image result for भारतीय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी

 प्रियङ्काले भने अवकाश प्राप्त आइपीएस अधिकारी दारापुरीको परिवारसँग भेट्न जाँदा प्रहरीले उनलाई बीचमै रोकेको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =