सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित


पुष १३, काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतका आधारमा पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो ।
समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन् । कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको थियो।
कांग्रेसका सांसद बहादुर सिंह लामाले सामाजिक सञ्जालमा कुनै व्यक्ति वा विषयमा आलोचनात्मक टिप्पणी गर्दा कडा कारवाही गर्ने व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामा हनन गर्ने भएकाले बहुमतका आधारमा पारित नगर्न आग्रह गरे ।
विधेयकमा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ र कांग्रेसले त्यसको विरोध गरेको छ । कांग्रेसले विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनु पर्छ ।
