प्रतियोगितमा भाग लिन जाँदा अध्यागमनले रोकेको भन्दै प्रशिक्षक तथा खेलाडीद्वारा दुःख व्यक्त

काठमाडौं । कजाकिस्तानमा आजदेखि सुरु भएको वल्र्ड कजाख् कुरेसी च्याम्पियनसीपमा भाग लिन जाने जाने क्रममा नेपाल अध्यागमन बिभागले खेलाडीहरुमाथि रोक लगाएकोमा खेलाडी तथा  प्रशिक्षकले दुःख व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा भाग लिनको लागि नेपाली खेलाडी तथा प्रशिक्षकहरु यही मंसिर २६ गते त्यसतर्फ प्रस्थान् गर्न लागेका थिए । तर, अध्यागमन विभागले खेलाडी तथा प्रशिक्षकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको हो ।   

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दुःखेसो पोखेका हुन् । प्रतियोगितामा भाग लिनको लागि प्रशिक्षक गणेश बहादुर कुँवर, खेलाडीहरु ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मान जित लामा जान लागेका थिए । उनीहरुले आफूहरुलाई बिना कारण विमानस्थलका अध्यागमन बिभागले रोक लगाएकोमा दुःख व्यक्त गरेका हुन् ।   

उक्त प्रतियोगितमा विश्वभरिका १ सय १६ भन्दा बढि देशबाट खेलाडीहरुको सहभागिता रहेको छ । तर, नेपाली खेलाडीहरु छनौट हुँदापनि खेल्न जान नपाएकोमा भने दुःखी छन् ।   

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई कजाख्  कुरेसी च्याम्पियनसिपले सम्पूर्ण स्पोन्सर गरेतापनि नेपालको अध्यागमन बिभागले बिनाकारण रोक लगाएको प्रशिक्षक कुँवरले गुनासो पोखे ।   

खेलाडीसंग भिसा पेपर, इन्भिटेसन लेटर, एयर टिकट र होटल बुकिङको सक्पूर्ण कागजजात साथैमा थियो । तर, अध्यागमन बिभागले राष्ट्रिय खेलकुद परिषदको पत्र नभएको कारण देखाएर खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा भाग लिनबाट रोक लागाएको उनीहरुको गुनासो छ ।   

अध्यागमनले सुरुमा ट्राभल हिस्ट्री भएका खेलाडीलाई मात्र जान अनुमति दिएको थियो । कुँवरले भने,‘सुरुमा अध्यागमनले ट्राभल हिस्ट्री भएकालाई जान दिने भन्यो, तर फ्रेस पासपोर्ट भएका खेलाडीलाई रोक लगाउने भन्नुभयो । पछि कसैलाई पनि जान दिनुभएन् ।’   

प्रशिक्षक तथा खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन नपाएको र आफ्नो देशको झण्डा उठाउन नपाएकोमा दुस्ख व्यक्त गरेका छन् ।   

प्रशिक्षक कुँवरका अनुसार प्रतियोगितामा सहभागी हुन जाँदा राष्ट्रिय खेलकुद परिषदले दर्ता नभएका संघलाई अनुमति नहुने खालका कुरा राखेको थियो ।   

प्रतियोगितमा भाग लिनबाट बञ्चित खेलाडी माधव राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदापनि प्रतियोगितमा सहभागी हुनबाट रोकिएकोमा गुनासो पोखे । उनले भने,‘राष्ट्रको लागि खेल्न जान लागेका हामी खेलाडीहरुलाई अध्यागमनले अपमान गरेको छ । यसले हामीलाई साह्रै दुःखी तुल्याएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *