पञ्चांग र राशिफलः आज शुक्रबार, यस्तो छ तपाईँको भाग्य


मंसिर २७, काठमाडौँ । वि.सं. २०७६ मंसिर २७। शुक्रबार। इ.स. २०१९ डिसेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया। नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा।
योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल। करण– कौलव, १०:३९ बजेदेखि तैतिल, २२:१७ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।
तपाईँको राशिफल
null
मेष
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।
मिथुन
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।
तुला
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
धनु
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ ।
कुम्भ
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
बृष
नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।
कर्कट
औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिक धन खर्च हुनेछ ।
कन्या
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
बृश्चिक
काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।
मकर
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।
मीन
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्ला । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल
