माधव नेपाल भन्छन्–पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ

२०७६ पुस १५ गते

पुस १५, मकवानपुर । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् ।
नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भने ।
वरिष्ठ नेता नेपालले माक्र्सवादलाई नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए ।
सो अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराएका थिए ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए । रासस

२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित