बिराटनगरम लियो रनिङ शिल्ड फुटसल कप २०१९ हुने


मंसिर, २४ विराटनगर । लियो कल्ब अफ सेन्ट्रल मेघाको आयोजनामा विराटनगरमा लियो रनिङ शिल्ड फुटसल कप २०१९ हुने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त शिल्ड कप हुने जानकारी दिएको हो ।
आगामी मंसिर २६ गतेदखी सुरु हुने फुटसल प्रतियोगिता मंसिर २८ गते सम्म हुने छ । उक्त प्रतियोगितामा १६ वटा लियो क्लब सहभागिता हुने लियो क्लब अफ सेन्ट्रल मेघाका अध्यक्ष मनोज तिवारीले जानकारी दिए ।
विराटनगर स्थित मुनाल पथमा रहेको स्पोटस हवमा हुने उक्त सहभागिता हुने क्लबलाई २ हजार ५ सय प्रवेश शुल्क तिर्नु पर्नेछ ।
उक्त फुटसल कपमा पूर्वका झापा, धरान, ईटहरी र विराटनगरका क्लवहरुको सहभागिता जनाउने तिवारीले जानकारी दिए । भने फुटसल कपको बिजेता टिमले नगद १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विभिन्न लियो क्लबमा आबद्ध युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने र मैत्रीपूर्ण भावनाको विकास गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।
