काठमाडौं उपत्यकामा पर्यो पानी, चिसोले जनजीवन प्रभावित

मैसिर २७, काठमाडौं । शुक्रबार विहान काठमाडौं उपत्यकामा हल्का पानी परेको छ । पानी परेकाले काठमाडौं उपत्यकामा चिसो बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।   

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि संभाबना रहेको छ। 

null

राती: देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =