ब्रेकिङः बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले आइतबार १३ औ दक्षिण एसियाली खेलकुद (साग) को फाइनल यात्रा तय गरेको छ । अब नेपालले मंगलबार अन्तिम दिन फाइनलमा भुटानको सामना गर्ने छ । पाँच टिम सम्मिलित प्रतियोगिताको राउन्ड रोबिनमा शीर्ष स्थान हात पार्नका लागि नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हरायो । 

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशविरुद्ध कम्तीमा बराबरी अथवा जित निकाल्न आवश्यक थियो । सुनिल बलले नेपालका लागि ११ औं मिनेटमा गोल गरे । कप्तान सुजल श्रेष्ठको पासमा उनले चलाखीपूर्ण गोल गरे । राउन्ड रोबिन चरणमा नेपालले कुनै पनि खेल गुमाएन र १० अंकमा शीर्ष स्थानमा रह्यो । 

भुटान नौ अंकमा दोस्रो स्थानमा रह्यो । बंगलादेशल भने चार अंकमै सीमित रह्यो र कांस्य पदक जित्न सफल रह्यो । दक्ष्ँिण एसियाली खेलकुद इतिहासमा नेपाल फाइनल पुगेको यो छैटौं पल्ट हो । पछिल्लो सागको स्वर्ण पदक विजेता नेपालसामु अब त्यस उपाधिको रक्षा गर्ने अवसर हुनेछ । 

नेपालले यसपल्ट फाइनल पुगेर काठमाडौंमा भएका तीनै संस्करणमा यस्तै उपलब्धी हात पारेको कीर्तिमान पनि बनाएको छ । नेपालले सन् १९८४ को पहिलो संस्करणमा फाइनल खेलेको थियो र बंगलादेशलाई हराएर स्वर्ण जितेको थियो । सन् १९९९ को फाइनलमा भने नेपाल बंगलादेशकै हातबाट पराजित रह्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *