१४ औं साग पाकिस्तानमा गर्ने सर्वसहमति, ६ महिनापछि मिति तोक्ने

२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा हुने निश्चित भएको छ । काउन्सिलको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो ।
बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ ।

२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित