नेपाली महिला भलिबलका राष्ट्रिय खेलाडी चन्द्रागिरि भ्रमणमा

मंसिर २०,  काठमाडौं ।  नेपाली महिला भलिबलका राष्ट्रिय खेलाडी चन्द्रागिरि भ्रमणमा पुगेका छन् । १३ औं दक्षिण एसियाली खेलुकद (साग) मा रजत पदक दिलाउन सफल  नेपाली महिला भलिबलका टाेली रिफ्रेसमेन्टका लागि चन्द्रागिरि हिल्स पुगेका हुन् । 

चन्द्रागिरि भ्रमण टाेलीमा नेपाली टोलीका अरुणा शाही (कप्तान) प्रतिभा माली,सलिना श्रेष्ठ, कमला पुन,  सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट ,पुर्णिमा चन्दर सुनिता खड्का  छन् ।  टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट  प्रशिक्षक,  टिम व्यवस्थापक रीता कोइराला र भलिबल संघका सुनकेशरी श्रेष्ठ समेतकाे सहभागीता रहेकाे छ । 

मंगलबार भएको फाइनल भिडन्तमा भारतसँग अन्तिम समयमा चुकेपछि नेपाल रजतमा सीमित बनेकाे थियाे । भलिबल संघका काेषाधयक्ष सुनकेशरी श्रेष्ठले नेपाल र नेपाली खेलकुदकाे किकासका लागि चन्द्रागिरिमा अन्तर्राष्ट्रिय भलिवल  काेट बनाउन आवश्यक रहेकाे बताईन । उनीहरू चन्द्रागिरि हिल्सकाे भम्रण सकेर बिष्णुदेवी मन्दीरमा चलिरहेकाे सातगाउँले जात्रामा समेत सहभागी भएका हुन् । 

पहिलो सेट गुमाए पनि नेपालले दोस्रो र तेस्रो सेट जितेर अग्रता लिएको थियो। तर चौथो र पाँचौ सेटमा नेपाली टिम पछि परेकाे थियाे । स्मरण रहाेस चन्द्रागिरि १५  बाट राष्ट्रिय महिला भलिबल टिमवाट प्रतिभा माली, रेशमा भण्डारी सलिना श्रेष्ठ सहभागी भएका थिए भने हालकाे भलिवलका संघका काेषाध्यक्ष सुनकेशरी श्रेष्ठ पनि पुर्व राष्ट्रिय भलिवल खेलाडी हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *