इटहरीको सूर्य कम्प्लेक्समा भिषण आगलागी, क्षतिको विवरण आउन बाकिँ

२०७६ मंसिर २२ गते

मंसिर २२, धरान । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा शनिबार राति १२ बजे आगलागी भएको छ ।
पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टमा रातिबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
आगलागीको क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो ।
null

२०७६ मंसिर २२ गते
प्रतिक्रिया