सपथ ग्रहणपछी सांसद विद्या भट्टराईको यस्तो प्रतिवद्धता

पुष १, काठमाडौँ । मंगलबार सांसद पद र गोपनियताको सपथ ग्रहण गरेकी विद्या भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता गरेकी छिन् ।   

उनले सपथ ग्रहणपछी संचारकर्मीसँग कुरा गर्ने क्रममा यस्तो प्रतिवद्धता गरेकी हुन् ।   

आज  संसद सचिवालयमा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेद्वारा गरिएको उनको सपथ ग्रहण कार्यक्रममा सपथ लिएपछी उनले  आफू तीन वर्षका लागि निर्वाचित भएको भन्दै यस अवधीमा नीति निर्माण र विकास निर्माणका अपूरा काम पूरा गर्ने प्रतिवद्धता गरेकी हुन् ।   

Image result for विद्या भट्टराईले लिइन् सपथ

उनले भनिन्  ‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’,   

गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट सांसद पदका लागि आफू निकट प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेललाई हराउँदै उनी  बिजयी भएकी थिईन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *