विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा क्याथ ल्याब शुरु


मंसिर २०, विराटनगर । बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा क्याथ ल्याब सेवा शुरु भएको छ ।
प्रदेश १ कै नमुना अस्पताल बनाउने उद्देश्यसहित हरेक प्रकारका बिरामीका लागि सर्वशुलभ शुल्कमा उत्कृष्ट, गुस्तरीय, सफा र शान्त वातावरणमा अत्याधुनिक ल्याबसहित सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकहरुद्धारा उपचार सेवा प्रदान गर्दै आईरहेको अस्पतालले मुटु रोगीहरुका उपचारका लागि अत्याधुनिक क्याथ ल्याब सेवा शुरु गरेको जनाएको छ ।
सुनसरीका १८ वर्षिया सिजन राई घरमा गीत गाउँदा गाँउदै एक्कासी बेहोस भए । उनी उपचारका लागि ल्याउदा ल्याउदै कोमामा गएको अवस्थामा थिए । उनको सिटी स्क्यान गर्दा मस्तिष्कको भित्री भाग पानी जम्ने कोठामा रगत जमेको थियो ।
विशेषतः यस्ता उमेर समुहलाई यस्तो नहुनुपर्ने हो । यस्ता विशेष गरी नशाको गुजुल्टो भएर हुने गर्दछ । उनलाई सिटि स्क्यानपछि सिटी एन्जियो गर्दा तुरुन्तै अप्रेशन गर्नुनपर्ने देखियो । राईको सिटि एन्जियो गर्दा पनि स्पष्ट नदेखिएपछि डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी गर्नुपरेको थियो ।
उक्त जाँच बिरामीलाई सुताएर एउटा खुट्टाको ठुलो नशाबाट तार पठाएर उक्त तारलाई मुटुको माध्यम हुँदै अझ माथी मस्तिष्कसम्म पुर्याउने गरिन्छ । उक्त प्रविधिबाट जाँच गर्दा कन्ट्रास्ट हालेर जाँच गरिने भएकाले अरु रोग देखिए पनि उपचार गर्न सकिन्छ ।
यसरी उक्त बिरामीको डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी जाँच गर्दा दिमागको पानी जम्ने भित्री भागमा नशाको गुजुल्टो देखिएको र धेरै भित्री भागमा देखिएको थियो ।
उक्त समस्या एकदमै बिरलो र जटिल प्रकारको भए पनि न्यूरोलोजिष्ट र इन्टरभेन्सनिष्ट डा. सामर्थ सिंह, डा. बिबेक बैद्य, एनेस्थेसिया विशेषज्ञ डा. कनक, नर्सिङ स्टाफ उष्मा, भूमिका, एलिना लगायतका टिमको सहकार्यमा रोगको सफल जाँच गर्नुका साथै क्याथ ल्याब सेवा सुचारु भएको हो ।
क्याथ ल्याब शुरु भएसँगै विराटमा जटिल रोगका डायग्नोस्टिक गर्न सहज भएको छ ।
