‘सुपारी खान’ मा धन्जित र निरान्जलीको रोमान्स (भिडियोसहित)

२०७६ पुस १५ गते

पुस १५, काठमाण्डौ । गायक आर. के लामाको स्वरमा रहेको ‘सुपारी खान’ बोलको गीत बजारमा आएको छ ।
फल मोडल धन्जित लामा र निरान्जली लामाको अभिनय समेटिएको उक्त गीत दश म्युजिकबाट सार्वजानिक गरिएको हो ।
मोडल धन्जितले अभिनय गरिएको दर्जनौ भिडियो हिट छन् । फरक शैलिको यो भिडियोमा उनले उत्कृष्ट अभिनय गरेको दर्शकहरुको राम्रो प्रतिकृया छ ।
गीतमा सङ्गिता थापा मगरको शब्द,एन बि थापा मगरको सङ्गित,आर के लामाको स्वर रहेको छ । भिडियोमा मोडल धन्जित लामा, मन्जित लामा, सुचन्द्र लामा र निरान्जली लामाको अभिनय समेटिएको छ ।
ग्यानेन्द्र शर्मा हुमागाइले छायांकन गरेको उक्त भिडियोलाइ अमृत चापागाइले सम्पादन र रन्जित लामा र प्रेम लामाले निर्देशन गरेका हुन् ।

२०७६ पुस १५ गते
प्रतिक्रिया