नोबेलमा पुराना विद्यार्थीलाई बिदाई, नयाँलाई स्वागत

पुस २, विराटनगर । नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ ।   

सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याब टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका सातौँ ब्याचका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका चौँथो ब्याचका विद्यार्थीलाई बिदाई गरिएको हो । 

पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिसरमा कार्यक्रम आयोजना गरी १ सय ८० जना नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गरेका १ सय ७६ विद्यार्थीलाई बिदाई गरेका हुन् ।   

सो अवसरमा नोबेल मेडिकल कलेजका शैक्षिक निर्देशक प्रोफेसर एजी सिंह, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल, सिटिईभीटीका कार्यक्रम निर्देशक कमल पराजुली, शैक्षिक विभागका सुरेन्द्र घिमिरे, विवेक निरौला लगायतले विद्यार्थीहरुलाई अबिरसहित खादा लगाएर स्वागत र मायाको चिनो प्रदान गरी बिदाई गरे ।   

स्वागत तथा बिदाईका क्रममा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।   

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *